स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयता जरुरीः मेयर सरावगी

0
131
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ७ असोज : बीरगंज महानगरपालिकाको वडा नं १ छपकैयाको दक्षीणी टोलमा आधारभूत बिद्यालयकोलागि दुई कोठे भवनको आज एक समारोहकावीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया दक्षिणी टोलामा रहेको छठघाटको जग्गामा वीरगञ्ज महानगरपालिकाको सहयोगमा आधारभुत विद्यालयलागि निर्माण हुने दूईवटा कोठा सहितको पक्की भवनको नगरप्रमुख सरावगीले शिलान्यासगर्नु भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले बिकासको पहिलो शर्त नै शिक्षा भएको बताउनु भयो । शिक्षाको लगानी ब्यपार जस्तो प्रतिफल छिटो दिनेखालको हुदैन तर यो लगानीले सुन्दर भविष्य दिने बताउनु भयो ।

शिक्षाको अभावमा समाज बिकासको पथमा अगाडि बढ्न सक्दैन उहाँले भन्नु भयो “हाम्रो गरिवी अबिकास हामी माथिको अन्यायको कारण नै शिक्षामा हाम्रो पहुचको अभाव हो ” । उहाँले आजको दिनमा समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयताको सुनिश्चतता जरुरी भएको बताउनु भयो ।

पहिलादेखि दुई वटा कोठा रहेको जग्गामा महानगरपालिकाले थप दुई वटा कोठा निर्माण गर्न लागिएको हो ।

छठ व्यवस्थापन समितिको विशेष पहलमा निर्माण हुनलागेको विद्यालयबाट अगामी शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने लक्ष्य लिएइएको छ ।

हालकालागि आधारभूत कक्षा मात्र सञ्चालन गर्ने उद्देश्यका साथ शुरु गरिएको विद्यालयमा क्रममीक स्तरउननती गर्ने लक्ष्य लिइएको मेयर सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले बताउनु भयो ।

छठ व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र महतो कोइरीको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका नेतता दिनेश साह, बन्शि रौनियार, प्रेम साह, पण्डित रामदेनि तिवारी स्कुलका प्राधानाध्यापक रविन्द्र तिवारी, रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियालगायतको उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here