विश्व पर्यटन दिवस २०२० को अवसरमा वीरगंजमा अन्र्तक्रिया

0
101
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज ११
विश्व पर्यटन दिवस २०२० को अवसरमा पर्यटन क्षेत्रको पुन उद्धार बिषयक अन्तक्रिर्या तथा सरसफाइ कार्यक्रम समपन्न भएको छ । भिजिट मधेस नेपालको आयोजना तथा उधोग पर्यटन वन तथा वातावरण प्रदेश नम्बर २ बीरगन्ज भिष्वा युवा क्लबको सहर्कायमा आज भिसुवा डाडमा सो कार्यक्रम समपन्न भएको हो । भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओम प्रकाश सरार्फको अध्यक्षता तथा बीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नेपाललाई कृषि, जलस्रोत, रेमिटेन्सलगायत क्षेत्रमा प्रवधान गर्न सके नेपाललाइ पनि विदेशी मुलुक बनाउन सक्ने बताए । उहाँले पर्यटन टिकाउनका लागि सास्कृतिक मनोरञ्जन आवश्यकता रहेको बताएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी अहिले पर्यटन क्षेत्रमा परेको नगर प्रमुख सरावगीको भनाइ रहेको छ । नेपालमा धार्मिक सास्कृतिक जलस्रोत एवम् अन्य यस्ता क्षेत्र समेत रहेको बताए । अन्तरक्रिया कार्यक्रममा बीरगन्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य जगत राई, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ, वडा प्रहरी कार्यालय श्रीपुर प्रहरी निरिक्षक दिपक साह, बीरगन्ज भिष्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुशवाहा, होटल एसोसिएसन केन्द्रीय सदस्य माधब बस्नेत पर्यटन पत्रकार संघका अध्यक्ष शँकर आर्चाय लगायतले मनतब्य दिनुभएको थियो । कार्यक्रमको सहजिकरण केशर दासले गर्नु भएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here