सामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा वीरगंजमा रक्तदान

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज १२
सामूदायिक सेवा केन्द्र तथा सामुदाियक प्रहरी सेवा केन्द
मुर्लीको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ७ महिला सहित ३२ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा सबिता कार्की, सर्मिला पोखरेल, गीता चौहान, धिरज अधिकारी, अजय कुमार र शिवशंकर कुमार लगायत रहेको नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालयका प्रमुख उदयराज शर्माले जानकारी दिनुभयो । सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानको अध्यक्षता एवं पर्साका डिएसपि मनोजित कुवँरको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेकपा नेता शम्भु गुप्ता,हिरा गिरी, सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ता, सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरका अध्यक्ष प्रकाश खेतान, रुगंटा वेलफेयरका अध्यक्ष सुरेश रुगंटा, बरिष्ठ पत्रकार जगदिश शर्मा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहलगायतको सहभागिता थियो । कार्यत्रमको सहजिकरण जगत राईले गर्नुभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here