वडा नम्बर ९ लाई नमुना वडा बनाउने उद्देश्यले काम भईरहेको वडा अध्यक्ष गौरोको भनाई

0
133
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज १२,संजिव मिश्र
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ मा तिव्र गतिमा बिकाश भईरहेको छ । वडा अध्यक्षमा रामनारायण प्रसाद गौरो निर्वाचित भएदेखिनै वडाका बिकाशमा तिव्रता आएको छ । वडा अध्यक्ष गौरोले वडाको भौतिक पुर्वाधार बिकाश,शिक्षा ,स्वास्थय ,कृषि लगायतको क्षेत्रमा बिशेष जोड दिएको स्थानियले बताएका छन । वडा नम्बर ९ अन्र्तगत पर्ने तेलिया ,एकंटागा र बडेर्वा टोलमा बिकाशले तिव्र गति लिएको छ । वडा अध्यक्ष गौरो निर्वातित भएपश्चात बडेर्वा टोलमा उच्च शिक्षा संचालनको लागि बजेट बिनयोजन, एंकटांगामा बिद्यालय मर्मत, बिद्यालयका शिक्षकहरुलागि अपुग तलब वडाबाट उपलब्ध गराइएको, महिलाको सिप बिकाशको लागि सिलाई कटाई बुनाई तालिम संचालन गरेको बताउनुभयो । चर्पी निर्माणको लागि तिनै टोलमा रिगं बितरण, तेलिया टोलमा खानेपानीको लागि धारा बितरण, कृषिकको लागि औषधि छर्ने मेसिन बितरण, तिनवटै टोलमा नाला निर्माण र आरसीसी सडक ढलानको कार्य जारी रहेको साथै माटोपुरी ग्रेभल गर्ने कार्य सम्पन्न भईसकेको वडा अध्यक्ष गौरोले जानकारी दिनुभयो । उहाँले वडालाई नमुना वडा बनाउने उदेश्यले काम भईरहेको बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here