देवताल गाउँपालिकामा १५ जना बिधार्थीलाई ल्यापटप वितरण

0
251
Ad_Article_Top
Share :
meropathsala.com

असोज १२
मोहन लाल पण्डित
बाराको देवातल गाउँपालिकाले आज १५ जना विधार्थीलाई ल्यापटप वितरण गरिएको छ । गाउँपालिका भित्र रहेका १३ वटा सामुदायिक बिधालयका कक्षा ८ र ९ उतिर्ण भएका प्रथम, द्वितीय र तृतीय हुने १५ जना लाई प्रोत्साहन तथा पढाई प्रति बिधाथीलाई आकर्षण गराउने र गाउँपालिकाको शिक्षामा स्तर उन्नती होस् भन्ने उद्देश्यले सो ल्यापटप वितरण गरेको गाउँपालिका अध्यक्ष चंदन सिंहले बताउनुभयो । गाउँ सभाबा पारित योजना अनुसार गाउँपालिका अध्यक्ष सिंहले सो ल्यापटप वितरण गरेको र यस आर्थिक बर्षमा एस ई.ई परीक्षा पास गरेका प्रथम, द्वितीय र तृतीय हुनेले आफ्नो इच्छा अनुसार कुनै पनि फ्याकेल्टी पढ्ने बिधार्थीको ११, १२ को कलेज फिस गाउँपालिकाले बेहोर्ने समेत बोर्डबाटै निर्णय भईसकेको अध्यक्ष सिंहले बताए । आफ्नो मन्तब्य ब्यक्त गर्दै वडा नम्बर ४ का वडाध्यक्ष मिस्त्रीलिल सहनीले गाउँपालिका अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिले शिक्षाको बिकास प्रति उत्सुक्ता देखाएर अघि बढिरहेको अध्यक्ष सहनीले बताउनुभयो ।
प्रथम हुनेलाई लेनोभो कम्पनीको १७ द्वितीय र तृतीय हुनेलाई डेल कम्पनीको १५ ल्यापटप दिइएको गाउँपालिकाका नासु अभिनन्दन साहले जनकारी दिए । ल्यापटप बितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले गाउँपालिका सङ अन्य पालिका जस्तो पुर्वाधार तथा श्रोत नभए पनि आफुहरु यहाँको जनताका लागि दिनरात काम गरिरहेको र बिशेश गरि शिक्षाका लागि चाहिने आजको प्रतिस्पर्धात्मक युगमा देवताललाई नमुना बनाएर देखाउने बताए । पालिका भित्र पहिले देखि एउटा पनि माबी बिधालय नभएकोमा आफुहरुले अब माबी र आउने दिनमा प्राबिधिक शिक्षाको ब्यवस्थापन गर्ने बताए । श्री नेरा माबी पिप्राढीका शशी यादब,अकलेश यादब,राहुल मण्डल,ममता कुमारी गिरि,रोहित मिश्रा,मन्खुस साह ईनरदेव निमाबी अमवाका सुमित कुमार,अन्त्रा कुश्वाहा,शैलेश कुमार श्री नेरा माबी रौवाहीका अवधेश राम,रामनिवास पन्डित,सुनिल सहनी,आकास प्रजापती,पृयन्का प्रजापती र अकलेश पन्डित लाई ल्यापटप बितरण गरिएको र उनिहरुका अभिभावकलाई समेत गाउँपालिका अध्यक्ष सिंहले दो सल्ला ओढाएर सम्मान गरेका दिए । उपाध्यक्ष रामपती देबि,प्रमुख प्रसासकिय अधिकृत सिकेन्द्र प्रसाद साह,वडा अध्यक्षहरु रमेश यादब,अमर नेपाली,मिश्रीलाल सहनी,लखिन्द्र यादब,रामपुजन पन्डित,कारयपालिका सदस्य मेराजुल नेशा,राधिका साह,नाग चम्पा देबि,विभिन्न बिधालयका प्रधानाध्यापक,अभिभावक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । श्री नेरा माबी पिप्राढिको प्राङ्गणमा सम्पन्न कार्यक्रममा स्वागत रौवाही माबिका प्रधानाध्यापक श्यामसुन्दर साहले गरेका थिए भने सन्चालन नासु अभिनन्दन साहले गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here