वीरगन्ज निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिएपनि बजारका पसल आलोे-पालो खोल्न

0
116
तस्वीर / आरोहाण शाह
Ad_Article_Top
Share :
meropathsala.com


वीरगन्ज १८ भदौ : वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि लागेको निषेधाज्ञा भदौ २५ गते राति १२ बजेसम्मको लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याएको जानकारी गराएको छ ।

निषेधाज्ञा अवधिमा मेनरोडको पूर्व र दक्षिणतर्पmका पसलहरु सोमवार, बुधवार, शुक्रवार र पश्चिम र उत्तरतर्पm फर्केका पसलहरु आइतवार, मगंलवार र बिहीवार बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ ।

यसैगरी, तरकारी, फलपूmलको हकमा रेलवे रोड घण्टाघरचोकदेखि २ सय मिटर, स्कूलदेखि दक्षिणतर्पm एकतर्फी मात्र सञ्चालन गर्न भनिएको छ । दुई पसलको दूरी न्यूनतम १५ फिट हुनुपर्ने जनाइएको छ ।

बिहान ५ बजेदेखि ८ बजेसम्म तरकारी, फलपूmल पसल सञ्चालन गर्न र शनिवार सबै पसलहरु पूर्णरुपमा बन्द गर्नुपर्ने सूचनामा उल्लेख छ । तोकिएको स्थान र समयबाहेक खोलिने पसल सञ्चालकहरुलाई कानून बमोजीम कारबाई गर्ने चेतावनी दिइएको छ ।

सामाजिक दूरी कायम गरेर भीडभाड नहुने गरी स्वास्थ्य र सुरक्ष्ाँको मापदण्ड अपनाइ पसल सञ्चालन गर्न भनिएको छ । यो अवधिमा सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालन निषेध गरिएको छ ।

यसैगरी, मेला, महोत्सव, जात्रा, सभा, जुलुस पनि निषेध गर्दै चारजनाभन्दा बढी मानिस एक ठाउ“मा भेला हुन रोक लगाइएको छ । घरमा पूजापाठ गर्नेबाहेक मठ, मन्दिर, मस्जिदमा पूर्ववत्रूपमा लगाइएको रोकलाई यथावत् राखिएको छ ।

शैक्षिक संस्था, प्रशिक्ष्ँण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्ष्ाँलगायतका गतिविधिमा रोक यथावत् छ । सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, स्विमिङ, जिमखाना, खेलकूद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । चियापसल, रेस्टुरा“, होटल सञ्चालन गर्न पनि पाइ“दैन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here