कालोबजारीको कसुरमा विरगन्जका चारवटा पसल कारबाही

0
202
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २१ भदौ : विरगन्जमा आज खाद्य वस्तुहरुको कालोबजारीको गरेको कसुरमा चारवटा पसललाई कारबाही स्वरुप जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले अनुगमन गर्दै पानगल्ली र रानिघाटका चारवटा पसललाई कार्यवाही गरेको हो ।

वीरगंज महानगर–९ पानगल्ली र रानीघाटमा रहेको सुत्रिता टेडर्स एन्ड सप्लायर्सलाई रु ५० हजार, न्यू सन्तोष जनरल स्टोर र जय पान पसल सेन्टर र रानीघाटमा रहेको न्यु हरिओम किराना पसललाई जनही रु २०÷२० हजार जरिवाना गरेको वाणिज्य कार्यालय पर्साले जनाएको छ ।

मूल्यसूची नराखेको, बिक्री बिल उपलब्ध नगराएको तथा म्याद नाघेका खाद्य पदार्थ सञ्चय गरी राखेको कसूरमा ती पसलहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजीम कारबाही गरिएको जिप्रका पर्साले जनाएको छ ।

महामारीको समयमा खाद्य वस्तुहरुको कालोबजारी तथा मूल्यवृद्धि नगरी बिक्री वितरण नगर्न पसलहरुलाई चेतावनीसमेत दिएको जिप्रका, पर्साले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here