काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारत तयार

0
103
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २५ भदौ : काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयार भएको छ । एक पत्र लेखेर भारतले रेलमार्गको डीपीआरको काम अघि बढाउने इच्छा देखाएको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालसँग औपचारिक समझदारी हुनुअगावै भारतीय टोली डीपीआर तयार गर्ने काम अघि बढाउन नेपाल आउन तयार भएको छ ।

तर, अहिले नेपालमा सीमा नाकाबाट आवात जावत बन्द छ । त्यसैकारण विभागले कुन काम कसरी अघि बढाउने भनेर औपचारिक ढाचाँमा भारतलाई विवरण पठाउन आग्रह गरेको छ । भारतले औपचारिक ढाचाँमा आउनेहरुको नामवलीसहित विभिन्न विवरण पठाएपछि उनीहरुलाई नेपाल आएर काम गर्न अनुमति दिने तयारी छ ।

रेलमार्गको डीपीआरको लागि भारतले आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् । नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले औपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी भएको छैन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here