औराहा उपभोक्ता सहकारी संस्थाको १२ औ स्थापना दिवसको उपलक्ष्यमा फलफुल तथा स्वास्थ्य साम्रगी बितरण

0
78
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २६ भदौ : औराहा उपभोक्ता सहकारी संस्थाले संस्थाको १२ औ स्थापना दिवसको उपलक्ष्यमा सिमरा स्थित अस्थायी क्वारेनटाईमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि फलफुल तथा स्वास्थ्य साम्रगी बितरण गरेको छ ।

सहकारी संस्थाका कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरुले आज बिहान एक कार्यक्रमको आयोजना गरी सिमरा क्वारेन्टाईनमा प्रमुख डा।मंन्जु रोय मार्फत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि सेनेटाईजर, मास्क र फलफुल बितरण गरेको हो । संस्थाले आफ्नो १२ औ स्थापना दिवसको अवसर पारेर सामाजिक कार्य गरेको हो । औराहा उपभोक्ता सहकारीका अध्यक्ष पुर्णचन्द्र तिमल्सिनाले संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुका लागि हौसला प्रदान गर्न सस्थाले स्वास्थ्य साम्रगी र फलफुल प्रदान गरिएको बताए ।

शुरुवाती केही वर्ष सञ्चालन भएपनि लामो समय क्रृण तथा वचतको कारोवार वन्द भएको सो उपभोक्ता सहकारीले गतवर्षदेखि पुंन आर्थिक कारोवार शुरु गरेको छ । आर्थिक कारोवार शुरु भएको वर्षदिनमै सो उपभोक्ता सहकारीमा झण्डै ४ सय सेयर सदस्य छन् । संस्थाले उपभोक्ताको हकहितका लागि ग्याँस डिपो समेत सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य साम्रगी प्रदान गर्दै संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थाले भर्खरै फड्को मार्दै गएकाले सामाजिक क्षेत्रमा प्रयाप्त लगानी गर्न नसकिएको दुं।ख व्यक्क्त गरे । सो कार्यक्रममा संस्थाका निर्वमान अध्यक्ष तथा होटल ब्यावसायी संघका बारा जिल्ला अध्यक्ष मोहन शर्मा, सस्थाका अध्यक्ष पुर्णचन्द्र तिमल्सिना,लेखा संयोजक धन प्रसाद बजगाँई, कार्यसमिति पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here