वीरगन्जमा कालोबजारी बढ्यो , ४ वटा पसललाई जरिवाना

0
188
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २६ भदौ : वीरगञ्ज महानगरपालिकामा बजार अनुगमन टोलीले आज बजार अनुगमनका क्रममा ४ वटा पसललाई जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्जका माइस्थान २ नम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका शान्ति जरेनरल स्टोर्सलाई ५० हजार, खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्सलाई १० हजार, श्याम कोल्ड स्टोर र तारा कस्मेटिक जेनरल स्टोरलाई ५÷५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनिहरुलाई पसलमा मूल्य सूची नराखेको, खरिद र बिल उपलब्ध गराउन नसकेको, म्याद गुज्रेका समानहरु संचित गरी राखेको कसुरमा जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here