सशस्त्र प्रहरी को नाममा पैसा माग्ने एकजना पक्राउ

0
101
Ad_Article_Top
Share :
meropathsala.com


कृष्ण मोहन साह
वीरगन्ज २७ भदौ :
पर्साको जिराभवानी गाउ पालिका बाट सशस्त्र प्रहरी को नाममा पैसा माग्ने एकजना नक्कली सशस्त्र प्रहरी लाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी महादेवपट्टीले शुक्रबार बिहान पर्साको जीराभवानी गाउँपालीका वार्ड नम्बर १ जगतिया चौक मा सोही वार्ड का व्यक्ति हरुलाई म सशस्त्र प्रहरीकै को घुमुवा प्रहरी हो भनी धम्काउदै विभिन्न बहानामा पैसा माग्दै गरेको अवस्था मा सोही वार्ड का बेल्वाटाडी का बर्ष २२ वर्ष का राजा यादव लाई पक्राउ गरेका छ्न ।

राजा यादवले विभिन्न ब्याक्ती र ब्यपारीलाई म बि ओ पी सुबर्णपुर गडुवा लाईन को घुमुवा प्रहरी हु भन्दै केही हप्ता देखि दुख दिने गरेको विभिन्न बहानामा सताउदै आएको स्थानीय व्यापारी हरुले प्रहरी जानकारी गराएपछि प्रहरी चौकी महादेव पटिले जानकारी दिएको छ ।

सोही को आधारमा पक्राउ गरेको प्रहरी चौकी महादेवपट्टी का प्रहरी सहायक निरीक्षक सिकेन्द्र पान्डेले बताए पक्राउ परेका यादव लाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक मनोजित कुवर ले जानकारी दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here