धोबिनीबाट उद्धार गरिएको महिलालाई क्याट को सहयोगमा मानवसेवा आश्राममा राखियो

0
166
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २८ भदौ : धोबिनी गाउँपालिकाका बाट उद्धार गरिएको महिलालाई कोभिड एक्सन टिम(क्याट)को सहयोगमा मानवसेवा आश्राममा राखिएको छ । धोबिनी गाउँपालिकाका अलपत्र परेकी ती महिला गत २४ गते बुधबार गाउँलेहरु क्याटलाई जानकारी गराएका थिए । खबर पाए लगतै क्याटको टोलीले उदार गरी महिलालाई नारायणी अस्पतालमा भर्ना गराएका थिए ।

अस्पताल भर्ना भएकै दिन उनकोे स्वाब संकलन गरि वीरगन्ज स्थित नारायाणी प्रयोगशालामा पिसीआर परिक्षण गर्दा रिपोर्ट आज आइतबार नेगेटिभ आएकोे तत्कालिन समाजवादी पार्टी पर्साका सचिव तथा क्याटका सदस्य तबरेज अहमदले जनाकारी दिनु भयो । उनले भने कोरोना रिपोर्ट नेगेटिभ आएपछि एम्बुलेनसमा राखेर मानवसेवा आश्राममा पुगाएकोे छौ ।

उद्धार गरिएका ती महिलाको पहिचान खुल्न नसकेकोेले उनलाई मानवसेवा आश्रामको जिम्म लगाइएकको क्याटका अर्को सदस्य संजिव मिश्रा बताए । उदार कार्यमा क्याटकासदस्य तबरेज अहमद, संजिव मिश्रा, र मानवसेवा आश्रामको टोलि लगायतको उपस्थ्तिी रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here