वीरगन्जको प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

0
67
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २९ भदौं : वीरगन्जको प्रयोगशालामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राती गरिएको पिसीआर परिक्षणमा पर्साका ८ र बाराका १० जनामा कोरोना संक्रमण देखिएको हो । थपिएको संक्रमण ५ जना महिला र १० जना पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

प्रयोगशालामा आइतबार राती २ सय ९० जनाको स्वाबको नमुना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । भेटिएको संक्रमितहरु १७ बर्षदेखी ७४ बर्ष सम्मका रहेका छन् ।

संक्रमित हुनेमा पर्साको वीरगञ्ज महानगरपालिकाका वडा नं १० का दुई जना र वडा न ८ , १३ , ३२ , बडेर्वा, परवानीपुरका एक ÷एक जना रहेका छन भने पटेर्वा सुगौली गाउँपालिकामा एक जना देखिएको छ ।

यस्तै बाराको जितपुर सिमराका ६ जना, सिम्रौनगढका ३ जना र सवर्ण गाउँपालिकाको एक जना संक्रमित भएका हुन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here