वीरगन्जकोे प्रयोगशालामा बारा र रौतहटका थप २६ जना कोरोना संक्रमण पुष्टि

0
58
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : वीरगन्जकोे प्रयोगशालामा थप २६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति कुल २ सय ९० जनाको स्वाब संकलन गरि पिसीआर परीक्षण गर्दा बारा र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा २ जना महिला र २४ जना पुरुष रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार थपिएका संक्रममितमध्ये बाराका ३ जना र २३ जना संक्रमित रौतहटका बासिन्दा हुन् ।

रौतहट गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारी पनि संक्रमित भएका छन । सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन् । माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक ÷एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ ।

गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् ।

यता बारामा थपिएका संक्रमितमध्ये प्रसौनि गाउपालिका वडा न. २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न. १२ का १ जना र वडा न. ४ का १ जना रहेका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here