कोभिड अस्पतालमा उपचाररत् ५३ वर्षीया कोरोना संक्रमित महिलाको चिकित्सकिय लापरवाहीको कारण मृत्यु

0
36
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५३ वर्षीया कोरोना संक्रमित महिलाको चिकित्सकिय लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ । हिजो बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । वीरगन्ज महानगरपालिका १० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको भएपनि उनमा संक्रमण पुष्टि भने २२ गते भएको थियो । मृतक महिलाको फोक्सोमा समस्या रहेको डा. चौरसियाले जानकारी दिए ।

तर आइसियुमा उनको चिकित्सकीय लापरवाहीको कारण मृत्यु भएको संक्रमित पत्रकार जियालाल साहले आरोप लगाएका छन । पत्रकार साह सोही अस्पतालमा संक्रमित भएर आइसोलेसनमा भर्ना भएका र त्याहाको आइसियुमा भर्ना कर्णको अक्सिजन अभावमा मृत्यु भएको उनले बताएका छन । आइसियुमा भर्ना भएका संक्रमितहरुको हेरचाहमा कुनै चिकित्सक, स्वास्थ्यकमी नजाने गरेको त्यहा भर्ना हुने आफै बाचे बाच्ने नत्र मर्ने गरेको र कर्णको पनि त्यही हालत भएको पत्रकार साहले बताएका छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here