देशभरको मौसम बद्ली भएसंगै केही ठाउँमा वर्षा

0
49
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : अहिले देशभरको मौसम बद्ली भएसंगै वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पनि परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाण्डौ, चितवन, पोखरामा पानी परेको बताएको छ ।

त्यस्तै प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा मध्यम खालको पानी परेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । प्रदेश १ र २ का केही ठाउँमा भने गएराति ठूलो पानी परेको थियो ।

अहिले भने मध्यम वर्षा भैरहेको छ । झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

बङ्गालको खाडीबाट बनेको मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले पानी परेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम सामान्यतया बद्ली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here