प्रिमियर लिगमा चेल्सीको शानदार सुरुवात

0
38
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ । क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो । आज बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकाल्यो । जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

त्यसअघि गएराति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २—० गोल अन्तरले पराजित गर्दै उल्भर ह्याम्पटनले विजयी सुरुवात गरेको छ । सेफिल्डको मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गर्नुभएको थियो । जितसँगै पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेर उल्भ्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here