छोटो छ जिन्दगी फोटो खिचेर राखु

0
57
Ad_Article_Top
Share :
meropathsala.com


वीरगन्ज ३० भदौ

जाउ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर ल्याऊ।
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
हिमताल हुँ म तिम्रै तिमी गङ्गा भएर जाऊ।

शब्दमा संसार अटाउने तागत हुन्छ। समाजका सारा दुस्खलाई बुझाउन केही शब्द नै काफी हुने गर्छ। मानिसका जिन्दगीभरको दुस्खको लामो पहाड होस् या पीडा वा यातनाका अनुभव केही थान शब्द मिलाइ अटाउन सकिन्छ। साँच्चै शब्दको शक्ति अपरम्पार छ। यस्तै करिव ६ वर्ष अगाडि कसैले लेखेको फेसबुक स्ट्याटसको दुई लाइन शब्दले गायक तथा मोडल भुपु पाण्डेलाई लामो समय बाँधेर राख्यो। उनी शान्त बस्न सकेनन्। अशान्त अवस्थामै दुई चार वर्ष बित्यो।

स्ट्याटस लेख्ने मानिसले उनलाई स्ट्याटसलाई राखेर गीत लेखिदिन आग्रह गरे। केही समयमा गीत पनि बन्यो, भुपुले लय मिलाए, संगीत भरे , कम्पोज गरे अडियो तयार भयो। गीत वाह भन्न लायकको बन्यो। केही अग्रज साथीसँग सरसल्लाह गरे, गीतकारको सुझाव मागे पुन छट्पटिए। गीतको राम्रो भिडियो बनाउने रहरले।
गीतको शब्दलाई न्याय गर्न पर्छ भन्ने लाग्थ्यो उनलाई। यसैले केही समय लोकेसन हेर्न दौडिए उनी। अन्तत अछामको तुल्ता गाउँ र भारतको राजस्थानको जयसलमेर पुगेर गीतलाई भिडियोमा समेटियो। दुई महिनाअघि मात्रै भुपुले गीत सार्वजनिक गरे ‘छोटो छ जिन्दगी, फोटो खिचेर राख, छिट्टै फर्की आउँछु म मुटु थिचेर राख।

लामो समयको पर्खाइ, दुस्ख, अभाव र चुनौतीलाई झेलेर उनले दुई महिना अघि ुछोटो छ जिन्दगीु बोलको गीत लन्च गरेका हुन्। गीतले निकै राम्रो प्रतिक्रिया पाएको छ। यो गीत सुन्ने बित्तीकै भाइरल हुने खालको छैन। तर एकपटक सुनेपछि पटक पटक सुनिरहन मन लाग्ने कर्णप्रिय छ। सेमिक्लासिक शैलीको गीतले दर्शक श्रोताको मुटुमै प्रहार गर्छ। गीतको शब्द र भिडियोको कन्सेप्ट वाह१ भन्न लायकको छ।

आफ्ना रहर र सपना पूरा गर्न विदेशमा पसिना बेच्नुपर्ने नेपाली युवाको सत्य कथा हो यो। विदेश भन्नासाथ प्रायजसो निर्देशकले ठुलो हवाई जहाज, खाडीमा दुस्ख पाएका नेपाली जस्ता दृष्य राखेका हुन्छन्। तर यो गीतमा भिडियोका कन्सेप्ट बनाएका भुपुले देखेको विदेशी कहर भने बैग्लै थियो। अझै पनि हाम्रो समाज सुखी सम्पन्न हुन सकेको छैन। लाखौं व्यक्ति भारतको कालापहाडमा बाटो खन्न गैरहन्छन्। दिल्लीका होटलमा भाँडा माझ्ने र चौकीदारीका काम गर्ने पनि अक्सर नेपाली नै हुन्छन्। बिहान झिसमिसेमै उठेर भारत जान लागेका गाउलेको सम्झना गर्दे भुपुले यो गीतमा भिडियो बनाएका छन्। जो थोरै पैसामा आफ्नो परिश्रम बेच्न बाध्य छन्। गाउँमा लालावाला बृद्ध आमाबुवा र श्रीमती छाडेरै बिहान कालापहाड लाग्ने युवाको कथालाई गीतमा फिचराइज गरिएको छ। जहा भुपु र उषा उप्रेतीको दमदार अभिनय छ।

गीत हेर्दै गर्दा वास्तविक कथा लाग्छ। सुनसान पुरानो ढल्न लागेको गाउँको घर। बुढी आमा। गाउँतिर चल्ने थोत्रो बस। पुराना पोशाक, पुरानो डिजायनको रिलवाला क्यामरा, च्यातिएको पुरानो जुत्ता, टुकी बत्ती लगायतका साम्रागीको प्रयोगले गीतलाई रियालिष्टिक बनाएको छ। भिडियो हेर्दा गाउँमै पुगेको भान हुन्छ। घरको माया मुटुमा बोकेर भारत पसेको युवा मरभुमीमा उट चराइरहेको देख्न सकिन्छ। जुन आम नेपाली युवाको अहिलेको नियती पनि हो। गीतले आधुनिक मुनामदनको चरित्रलाई चित्रण गरेको छ।

भर्खरै बिहे गरेर ल्याएकी श्रीमती छाडेर विदेशिएका श्रीमानलाई धनको आशमा मनलाई लत्याएको र मायालाई नबुझेको आरोप लागिरहेछ। मधुमासको समय नबित्दै छिट्टै घर फर्कन आग्रह गरिएको छ।
गीतले भन्छ……
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरी रुँदैछु बुझ आँशुको भाषा
परदेशको हुरिले निम्ने हो कि प्राण सित्तै
बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै।

गीतमा भुपु पाण्डे र मेलीना मैनालीको स्वर छ। मेलीनाको यो डेव्यु गीत हो। निकै सुरिलो गलाको साथ पाएकी मेलीनाको स्वरमा कर्णप्रिय बनेको छ यो गीत। उनले पहिलो पटक नै जादुयी प्रस्तुती दिएकी छन्।

गीतकार नारायण नेपाल स्वतन्त्र रुपमा साहित्य सिर्जना गर्छन्। उनको शब्दमा जीवन भेटिन्छ। बास्तवीक कथालाई गीत गजल, कविता मार्फत पोखिरहन्छन्। १४ बर्षसम्म भारतमा काम गरेका नेपालले त्यहाँ नेपालीको खास कथा देखेका छन्। उनले भोगेको जीवन, देखेको घटनाक्रम र विदेशमा नेपालीको नियतीको चित्रण गीतबाटै गरेका हुन्। परिवारलाई सुखमा राख्ने र सन्तानको भविस्य उज्वल बनाउने सपनाले नेपाली युवा विदेश पलायन हुन्छन्। निकै थोरैको मात्रै सपना पुरा हुने गरेको उनले प्रत्यक्ष देख्न पाए। यसैले पनि होला गीतको शब्दमा नै नेपाल भन्छन्,।।।।

तिर्खाहरु सँगाली पानी बनाउँदै छु
आफै जलेर हीरा खानी बनाँउदै छु
रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
आँगन उज्यालिनेछ मुस्कान फैलिएर।

व्यावसायिक गीत गाएर रातारात हिट हुने रहर छैन भुपुको। उनलाई कालजयी गीत गाउन मन पर्छ। समाजको प्रतिनिधित्व गर्ने शब्दहरुले उनलाई मुटु छुने गर्छ। शास्त्रिय संगीतको विद्यार्थी उनी सवैको मनमा बस्ने मिठा गीत सिर्जना गर्न चाहन्छन्। गायन जत्तिकै अब्बल छ उनको अभिनय पनि। थियटर एक्टिङको सीप सिकेका भुपुले केही गीतमा आफैँ मोडलिङ गरेका पनि छन्। करिव एक दशकदेखि नेपाली संगीतमा लागिरहेका भुपु पाण्डे एक आशालाग्दो प्रतिभा हुन्।सभार : अन्नपूूर्ण पोष्ट

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here