बारामा चट्याङ लागेर एकजनाको मृत्यु

0
46
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० भदौ : बारामा चट्याङ लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । खोलाबाट बालुवा लोड गरिरहेको बेला जितपुरसिमरा उपमहानगरपालिका १४ बस्ने ४२ वर्षका धर्म प्रसाद राय चौधरीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

चट्याङ लागि उनी सँगै बालुवा लोड गरिरहेका २७ वर्षका तेतर माझी घाइते भएका छन् । चौधरीको स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो। माझीको सोही क्लिनिकमा उपचार भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here