ओविसी पर्साद्वारा संचालित फुडबैंकले मुर्लीमा बाड्यो २० परिवारलाई राहत

0
109
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, भाद्र ३१
अखिल नेपाल पिछडा वर्ग (ओविस) पर्सा र श्रीपुर वडा प्रहरी कार्यालयको सहकार्यमा संचालित फुड बैंकले आज ९ दिन पनि वीरगंजमा राहत बितरण गरेको छ ।पर्सा अध्यक्ष अकलेश साहको नेतृत्वमा वीरगंज १३ न्याटोल मुर्लीका अति विपन्न २० परिवारलाई राहत बितरण गरिएको छ । भाद्र २३ गते बाट संचालित फुड बैंकले कोरोनाका कारण जारी लकलाउनले प्रभावित परिवारलाई निरन्तर राहत बितरण गर्दै आएको छ । नौ दिनमा ४० परिवारलाई प्रति परिवार १० केजी चामल, दाल लगायतको खाद्यन्न बितरण गर्दै आएको छ । फुड बैंक संचालन गरे देखि नै बिभिन्न माध्यमबाट सम्पर्क गर्ने वास्तविक पिडित परिवारलाई राहत बितरण गरिएको अध्यक्ष साहले बताउनुभयो ।उहाँले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह र ओविसीका सदस्यहरुको बिशेष सक्रियतामा बैंक संचालन गरिएको जानकारी दिनुभयो । उहाँले अभियार्न एक महिना सम्म संचालन गरिने जानकारी दिनुभयो । साहले वडा प्रहरी कार्यालय श्रीपुर,सिमित दाताको सहयोग र ओविसीका सदस्यहरुको आफनो व्यक्तिगत खर्चबाट फुड बैंक संचालन गरेको जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा राजन साह, संदिप महतो, आकाश गुप्ताा,कलिम अंसारी लगायतको उपस्थित रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here