वीरगन्जको प्रयोशालामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

0
32
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : वीरगन्जमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा बुधबार राति गरिएको पिसिआर परिक्षणमा १९ जनामा कोरोना देखिएको भएको छ । थपिएका संक्रमितमा १५ वर्षीदेखि ६१ वर्ष उमेर समूहका रहेका छन् । प्रयोशालामा कुल २ सय ९० जनाको स्वाब पिसिआर परिक्षणमा १७ जना पर्सासहित बारा र रौतहट गरि १९ जना संक्रमण फेला परेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।

संक्रमित हुनेमा ५ जना महिला र १४ जना पुरूष रहेका छन् । थपिएका १९ मध्ये १७ जना पर्सा जिल्लाका बासिन्दा हुन् भने एक जना बारा र रौतहटका एक जना बासिन्द रहेका छन । पर्सामा थपिएका संक्रमितमध्ये अधिकतम वीरगन्ज महानगरपालिकाका वासिन्दा छन् ।

वीरगञ्ज वडा नं.१० र १६ का ३÷३ जना थपिएको छ भने वडा २ का २ जना र वडा नं.३ , १३ का एक ÷एक जना रहेका छन । पर्साको पोखरिया नगरपालिकामा दुइ जना भेटिएको छ भने जिल्लाको जिराभावानी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढ़ी नगरपालिका, सखुवापर्सौनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिकामा एक÷एक जना संक्रमित थपिएको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here