जिल्लाको जनजीवन सहज बनाइने, यातायात खुल्ने सरकारी कार्यालय पनि खुल्ला, सतर्कता अपनाइने

0
60
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : संकट व्यवस्थापन समिती, पर्साको सम्पन्न बैठकले उच्च स्वास्थ्य सतर्कता पालना गर्दै यसअघिको निर्णयानुसार विहान ११ बजे देखि लिएर दिउँसो ४ बजेसम्म वीरगञ्ज बजारका पसलहरु खुल्ला गर्ने निर्णय गरेको छ । शनिबार भने पूर्णतया बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको छ । फुटपाथका पसलहरु सवै बार बन्द रहने छन् ।

बैठकले संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई समयानुकुल कार्यान्वयन गर्दै जाने र घण्टाघर देखि माइस्थान हुँदै नारायणी अस्पतालसम्म जाने मुख्यसडकमा अत्यावश्यक सेवा बाहेक सवारी साधनहरु चल्न नदिने निर्णय गरेको छ । बैठकले कोभिड नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उच्चतम सुरक्षा अपनाएर अघि बढ्न सबैलाई आग्रह गर्ने र जनचेतना अभिवृद्धिका निम्ती भूमिका निर्वाह गर्न सबैलाई आह्वान समेत गरेको छ ।

बैठकले नारायणी अस्पताललाई आवश्यकीय कोभिड नियन्त्रण सम्बन्धि सामान खरिद गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिमा नाकालाई थप कडाई बनाउन कुनै कसर बाँकी नराख्ने गरी योजना अघि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको सभापतित्वमा भएको बैठकमा जिल्ला समन्वय समितीका प्रमुख नेकमहम्मद अन्सारी,वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेकपाका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेसका अध्यक्ष अजय द्विवेदी, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, रेडक्रसका सभापति विरेन्द्रराज कँडेल, नारायणी अस्पतालका मेसु डा. सञ्जयकुमार ठाकुरलगायतको सहभागिता थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here