६ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्दै

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : झण्डै ६ महिनापछि आज देखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज देखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ ।

सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here