हुलाकी सडकखण्डमा लापरवाही , ठोरीवासी आक्रोशित , कालोपत्रे गुणस्तरहिन

0
58
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ असोज : बीरगंज ठोरी हुलाकी सडकखण्ड अन्तरगत ठोरी गाउँपालिकामा पर्ने सडकमा ठेकेदार कम्पनीले कालोपत्रे गर्दा लापरवाही गरेको भन्दै स्थानीय असन्तुष्ट भएका छन । सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कालोपत्रे गर्ने क्रममा लापरवाही गरेको स्थानीयको गुनासो छ ।

यस अघि वडा ४ को मिलचोकमा पहिलो चरणको कालोपत्रे गर्दा लापरवाही गरेको सडकको मोटाई कम गरेको भन्दै स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछी ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रे गर्दा सडकको मोटाई बढाइने प्रतिब्द्धता जनाएको थियो । तर हिजो दोस्रो तथा अन्तिम कालोपत्रे लेयर बिच्छ्याउने क्रममा समेत ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ ।

सडकमा अन्तिम कालोपत्रे गर्दा समेत पानी जम्ने खाल्डाखुल्डी रहेको भन्दै स्थानीयले विरोध गरेपछी ठेकेदार कम्पनीका प्राविधिकहरुले समेत गल्ती स्वीकारेको स्थानीयले बताए। स्थानीयको विरोधपछी सडकको स्तर परीक्षण गर्ने र इन्जिनियर नआउन्जेल सम्मका सडकको कालोपत्रे गर्ने काम रोकिएको थियो ।

स्थानीयले सडकमा कालोपत्रे गर्दा गुणस्तरीय हुनुपर्ने माग गरेपछी सडकको अवस्था परीक्षण गर्न ठेकेदारले इन्जिनियरसंग परामर्श गरेर मात्र काम अघि बढाउन सहमत भएको स्थानीयले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here