विद्यालय सन्चालनको तयारीका लागि जनप्रतिनिधि र प्रधानाध्यापकहरुको बैठक सम्पन्न

0
151
Ad_Article_Top
Share :
meropathsala.com


वीरगन्ज १ असोज : ठोरी गापामा रहेका सामुदायिक विद्यालय सन्चालनको लागि गाउँपालिकाले तयारी थालेको छ । कोरोना कहरका कारण ६ महिनादेखि बन्द रहेको विद्यालय सन्चालन र सहजीकरणका लागि जनप्रतिनिधि र प्रधानाध्यापकहरुको प्रतिनिधि सहभागी ७ सदस्यीय समिति बुधबार गठन भएसंगै ठोरीका सामुदायिक विद्यालयहरु सन्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको छ। गाउँपालिकाले असोजको दोस्रो साताबाट स्वास्थ्य सतर्कता अपनाउदै विद्यालय सन्चालनको तयारी थालेको हो।

बुधबार गाउँपालिका कार्यालय घ्याङडाँडामा गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा बसेको वडाध्यक्ष र प्रधानाध्यापकहरुको संयुक्त बैठकले नेपाल सरकारले हालसालै जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको पालना गर्दै विद्यालय सन्चालन गर्ने निर्णय गरेको गापाका शिक्षा संयोजक भुपाल कुमार जोशीले जानकारी दिए। उनले बुधबारको जनप्रतिनिधि र प्रधानाध्यापकहरुको संयुक्त बैठकले ठोरीमा विद्यालय सन्चालन उचित समयमा गर्न र सोको सहजीकरणका लागि वडा २ का वडाध्यक्ष किशोर तामाङ्को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको जानकारी दिए। समितिमा नेरा प्राविधिक मावि ठोरी १ का प्रधानाध्यापक निरन्जन श्रीवास्तव , सरस्वती मावि ठोरी २ का प्रधानाध्यापक केशव प्रसाद रेग्मी, श्री मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा र श्री ज्ञानबाटिका मावि सुवर्णपुरका प्रधानाध्यापक शिव नारायण साह सदस्य रहेका छन्। त्यसैगरी नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत बहादुर श्रेष्ठ सदस्य रहेको समितिमा शिक्षा संयोजक जोशीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

समितिले गापामा रहेका विद्यालयहरुको निर्मलीकरण पश्चात विद्यालय सन्चालन गर्न सुझाव र सहजीकरण गर्ने बैठकले निर्णय गरेको शिक्षा संयोजक जोशीले बताए।
बुधबारको बैठकमा गाउँपालिकाका ५ ओटै वडाका वडाध्यक्षहरु र सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुको सहभागिता थियो।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here