आज विश्वकर्मा पूजा मनाइँदै ( फोटो फिचर )

0
106
तस्विर / आरोहण साह
Ad_Article_Top
Share :
meropathsala.com

आरोहण साह
वीरगन्ज, १ असोज :
आज विश्वकर्मा पूजा प्रदेश २ का जिल्लमा कोरोनाले गर्दा घरमै मनाइदै छन । हिन्दु धर्ममा ब्रह्माण्डको रचयिता भगवान विश्वकर्मालाई मानिन्छ ।

तस्विर / आरोहण साह

आजका दिन निर्माण कार्यमा लागेका सिकर्मी, डकर्मी, मेकानिक्स, वेल्डर, इन्जिनियर लगायत उद्योग कलकारखानाहरुमा कार्यरतहरुले आफुले प्रयोग गर्ने औजारहरुलाई सफा गरी विशेष श्रद्धा भावले विश्वकर्माबाबाको प्रतीकको रुपमा पुजा आराधना गर्ने चल्न छ ।

तस्विर / आरोहण साह

प्रत्येक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका पर्व धुमधामका साथ मनाइँदै आएपनि यस बर्ष कोरोनाको कहरले आ–आफनो घर घरमै पुजा गरेर मनाइदै छ ।

तस्विर / आरोहण साह

यसै अवसरमा उता पर्सा जिल्लामा विश्वकर्मा बाबाको मुर्ती बनाएर पुजा आराधना गरिदै छ ।

तस्विर / आरोहण साह

आजका दिन बस, कार जिप, ट्रक, भ्यान लगायतका सबारीधानहरुलाई पानीले धोएर सफा गरी पुजा आजा गर्ने चलनछ ।

तस्विर / आरोहण साह

आज नयाँ सबारी साधन किन्दा फाप्ने विश्वास रहेकोले नयाँ सवारी साधन पनि किन्ने गरेपनि यो महामारीले खसै बजारमा चहलपहल भएको छैन ।

तस्विर / आरोहण साह


प्रतेक बर्ष पर्सा बारा औद्योगिक करिडोरका उद्योग कलकारखानाहरुमा बाबाको मूर्ति बनाएर विशेष पुजाको आयोजना गरि विभिन्न किसिमका धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुको आयोजा गरिन्छ मनाइदै आएमा यसपलि महामारीले गर्दा भगवानको तस्विर प्रति बढि चासो राखेको पुजा गरेका छन ।

तस्विर / आरोहण साह

यहीँ सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here