नक्कली प्रहरी निरीक्षक हुँ भनी पोशाकमै ठगी गर्ने मानिस पक्राउ

0
110
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १५ असोज : प्रहरी निरीक्षकको बर्दी लगाएर लोक सेवा आयोगबाट हुने लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेको अवस्थामा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार छापा मारी इन्सपेक्टरको बर्दी लगाएका रायलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले बताए । पर्सा, बारा र सर्लाहीका परीक्षार्थीसँग रायले फर्म र परीक्षाका लागि भन्दै कूल तीन लाख ६१ हजार ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, खरिदारको प्रवेश पत्र एक थान र २६ थान प्रश्न पत्रसहित इन्सपेक्टरको पोसाकमा रायलाई पक्राउ गरिएको डीएसपी कुँवरले बताए ।

परीक्षा हलबाट जितपुर सिमरा उपमहानगरपालिका– ५ निवासी हिरालाल महतो, बसन्त चौधरी, वीरगन्ज– १६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका– ५ सबैठवाका शिव नारायण चौरसिया, वीरगन्ज– ११ रानीघाट निवासी २५ वर्षीय रामजी चौरसियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको बारेमा थप अनुसन्धान पछि मात्र केहि भन्न सकिने डीएसपी कुँवरले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here