रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्य

0
54
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १५ असोज : रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए । डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here