पर्साका पुरना कम्युनिष्ट नेता नेकपामा प्रबेश , थुप्रै नेता तथा कार्यकर्ताहरुलाई प्रचण्डले टीका लगाए

0
401
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १५ असोज : पुराना कम्युनिष्ट पार्टीका पुराना नेता तथा नेकपा बैद्यका केन्द्रीय सदस्य रामआश्रय राम आजदेखि नेकपामा प्रबेश गर्नुभएको छ । उहँलाइै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रबेश गराउनुभएको हो । यसरी पार्टी प्रबेश गर्नु हुनेमा पर्सा जिल्ला पकाहामैनपुर गाउँपालिकाका राजेश सहनी , सिकेन्दर सहनी, प्रमोद राज यादब, बलिराम यादब, धिरेन्द्र चौहान, कौशलकिशोर साह, राजन साह लगायतका हुनुहुन्छ । उहाँहरु बिभिन्न दलका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरु हुनुहुन्छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा रामलाई माला र खादा एवं अबिरको टीका लगाइएको थियो । कार्यक्रममा नेकपाले सबै कम्युनिष्टहरुलाई एउटै पार्टीमा समाबेस गराउने अभियान आफुहरुले चलाएको कुरा प्रमुख अतिथी प्रचण्डले बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा नेता बामदेब गौतम, महासचिब बिष्णु पौडेल, नेताहरु प्रभु साह,निर्मला देबकोटा, अच्युत मैनाली, पार्टीका अन्य केन्द्रीय नेताहरु, जिल्ला अध्यक्ष प्रभु हजरा, संबिधान सभाका सदस्य तथा नेकपा पर्साका नेता राजकुमार गुप्ता, तेजप्रकाश निषाद, बसुरुद्दिन अन्सारी, अमिताभ बच्चन दास, बिमल पौडेल, लगायतका नेताहरुको सहभागिता रहेका थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here