परवानीपुर वडा नं ३ लिपनीमा २० वर्षमा नभएको काम आफुले तिन वर्षमा गरे : वडा अध्यक्ष राम

0
175
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १७ असोज : आवाज एफ एम ८८ मेगाहर्ज को कार्यक्रम जनसरोकार मा कुराकानी गर्दै परवानीपुर गाउँपालीका वडा नं ३ लिपनी टोलका वडा अध्यक्ष अनिल कुमार रामले २० वर्षमा नभएको काम आफुले तिन वर्षमा गरेको बताउनु भएको छ । वडा अध्यक्ष रामले आफनो वडामा स्थानीयहरुको लागी सडक , नाला, धर्मसाला लगायतको काम समपन्न गरिसकेको बताउनु भएको छ । वडाको विकासको लागी आफु दिनरात लागी परेको वहाले बताउनु भएको छ ।

विश्व व्यापी रुपमा बढीरहेको कोरोना भाइरसले पुरा विश्वलाई नै त्रास फैलाएको र यस माहामारीमा आफुले वडा वासीहरुको लागी समयमा राहत सामग्री बाडेको बताउनुभयो । यस विश्म परिस्थतीमा समपुर्ण वडावासीको सहयोग रहेको वहाले वताउनुभयो ।

वहाले किसानहरुको हकमा राम्रो गर्न नसकेपनि आउने दिनहरुमा किसानह्रुको लागी समयमा मल, खाद्द र विउको ब्यवस्थ गर्ने प्रतिवद्धता जनाउनुभयो । आफुले वडामा सबै दलहरुसंग मिलेर काम गरिरहेको अध्यक्ष रामले बताउनुभयो । वहाले आउने दिनहरुमा बिधार्थीहरुको लागी वडामा निशुल्क लोकसेवा आयोगको कक्षा संचालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

अधुरा रहेका कामहरु यस वर्शको मसान्तमा समपन्न गर्ने जनाउनुभएको छ । खेल क्षेत्रमा खेलाडीहरुको लागी गाउँपालीकाबाट थप बजेटको ब्यवस्थागरी खेल क्षेत्रलाई अगाडी बढाउने कुरालाई विशेष जोड दिनुभयो । आउने डेढ वर्षमा जन्तामाझ वाचा गरेका कुराहरुलाई पुरा गरेर आफु जन्ताको हरेक सुख दुखमा निरन्तर लागीपरेको प्रतिबद्धता जनाउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here