एकपछि अर्को हुँदै कोरोना फैलाउने कारखाना बन्दै बैंक सेवाग्राही संक्रमित बन्दै, सिदार्थका प्रमुख संक्रमित, प्रशासन कहाँ छ ?

0
77
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २२ असोज : बीरगंजका क्रियाशिल रहेका दर्जनौं बंैक तथा बित्तिय कारोबारमा संलग्न संस्थाहरु यतिबेला कोरोना संक्रमण फैलाउने कारखानाको रुपमा स्थापित हुन थालेको छ । यहाँ रहेको बैंकहरु मध्ये दर्जनको संख्यामा रहेको कर्मचारीहरु कोरोना संक्रमण भैसक्दा पनि ती बित्तिय संस्थारुले आफ्नो कारोबार रोक्नुको साटो झन यसलाई बढाउने काम गरिरहेको समाचार प्रकाशमा आएको छ ।

हिजैमात्र सिदार्थ बैंकका बीरगंज शाखा प्रमुखलाई कोरोना संक्रमण भएपनि बैंकले निर्बाध रुपमा कारोबार थाल्नुले संक्रमणको मात्रा बढ्ने र अवस्था भयाबह बन्ने अनुमान लगाउन थालिाएको छ । यस बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गसंग सम्पर्क राख्दा सतर्कता अपनाउन निर्देशन दिइसकिएको बताउनुहुन्छ भने बैकको प्रमुख आफुलाई आशंका लाग्ने बित्तिकै आइतबार देखि नै कार्यालय नगाएको बताउँछन उनी आफुलाई हिजो पोजिटिभ रिपोर्ट आएको समेत बताउँछन ।

नबिल बैंक, एभरेष्ट बैक, सिटिजन बैंक, एनएमबी बैंक, लगायतका बैंकहरुमा कार्यरत कर्मचारीहरुमा फैलिएको कोरोना संक्रमण रोक्नको लागि ती संस्थाहरु बन्द नगरेर झन भयाबह अवस्थाको सृजना गर्नुले असहज अवस्था निम्त्याउन लागेको आरोप समेत यतिबेला स्थानीय प्रशासनलाई लाग्न थालेको छ

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here