साहिब दरबार सेवा संस्थान र जसपा नेपाल पर्साको संयुक्त आयोजनामा पर्सागढी आखा शिविर सम्पन्न

0
237
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, २६ असोज : साहिब दरबार सेवा संस्थान र जसपा नेपाल पर्साको संयुक्त आयोजनामा पर्सागढी नगरपालिका–५ पंचरूखीमा आखा शिविर सम्पन्न भएको छ ।
माट्रिका आई फाउन्डेशनको सहयोगमा पंचरूखीस्थित नेरानिमाविमा आयोजित आँखा शिविरमा ३ सय ३१ जनाको आखा परीक्षण गरिएकोमा १७५ जनामा मोतीबिन्दु देखिएको संस्थाका अध्यक्ष राजेशमान सिंहले बताए । मोतीबिन्दु देखिएका १७५ जनाको कात्तिक १५ गतेदेखि निश्शुल्क शल्यक्रिया हुने उनले जानकारी गराएका छन् ।
आँखा शिविरमा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जसपाका नेताहरू प्रेमबाबू पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम अन्सारी, उमेशलाल सहनी, मुकेश द्विवेद्वीलगायतको सहभागिता थियो । जसपा पर्सागढीका अध्यक्ष नितेश मिश्रको अध्यक्षतामा कार्यक्रम भएको थियो । फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीलगायत प्राविधिकहरूले आँखा परीक्ष्ँण गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here