कर्मचारी संक्रमित , प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

0
68
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २९ असोज : सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना संक्रमित भएका छन् । धनुषाका नापी कार्यालयका नापी अधिकृत सहित सो कार्यालयका २९ जना कर्मचारी संक्रमित भएका छन् । कर्मचारी संक्रमित भएपछि कार्यालय बन्द गरिएको छ । अधिकृतलाई संक्रमण भएपछि शुरुमा तिन दिनका लागि कार्यालय बन्द गरिएको थिया अहिले पूरै कर्मचारी नै संक्रमित भएपछि लामै बन्द हुने सो कार्यालयका अधिकारीहरुले वताएका छन् ।

आईतबारदेखि नै बन्द रहेको कार्यालयका अधिकांश कर्मचारीहरु संक्रमित भएपछि कार्यालय अझै बन्द रहने भएको छ । अत्यधिक मात्रामा सेवाग्राहीको भिड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहनका लागि कार्यालयले आग्रह गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here