रामनगरीमा एक महिलासहित ३२ जनाले गरे रक्तदान

0
46
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २९ असोज : पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा भएको रक्तदान कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेकोे छ । ग्रामिण महिला दिवस तथा हाथ धुने दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रममा गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सचिव अरबिन्द कुमार साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरी, जनहित बचत तथा ऋण सहकारी संस्था लि. रामनगरी र सामुदायिक बिकास स्रोत केन्द्र नेपाल रामनगरीको संयूक्त आयोजनामा भएको कार्यक्रममा अन्तिमा कुमारी तेली, अरबिन्द साह, जयनरेश साह, राजेश प्रसादलगायतकाले रक्तदान गरेको रक्तसंचार केन्द्र बीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा जानकारी दिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here