रौतहट गरुडाको शहरी स्वास्थ्य केन्द्र तथा प्रसुति गृहका भवन उद्घाटन

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २९ असोज : रौतहटको गरुडामा रहेका शहरी स्वास्थ्य केन्द्र तथा प्रसुति गृहका भवन उद्घाटन गरिएको छ । रौतहटको गरुडा नगरपालिकाकाको वडा नम्बर ६ पोथियाहीस्थित एक प्रसुति गृह , वडा नम्बर ८ जिंगडिया , वडा नम्बर ६ अमरपटी र वडा नम्बर ७ पिपरियास्थित ३ ओटा शहरी स्वास्थ्य केन्द्र गरि एकै दिन ४ ओटा भवनको उद्घाटन नगर प्रमुख ईनु राय यादवले गर्नु भएको हो । नगर प्रमुख यादवले एक कार्यक्रमका बीच उक्त पूर्वाधार निर्माणका भवनहरूको रिबन काटेर उदघाटन गरेको हो ।

यादवले सो भवनहरुको उदघाटन गरेसँगै अमरपटी, जिंगडिया र पिपरीयामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । यस अघि स्वास्थ्य केन्द्र नहुँदा औषधि उपचारका लागि सर्वसाधारणहरुलाई ठूलो समस्या भोग्दै आएका थिए । नागरिकको स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध हुनु पर्ने भन्दै नगर प्रमुख यादवले गरुडा नगरपालिकाको लगानीमा उक्त स्वास्थ्य केन्द्रको भवन निर्माण गरी सञ्चालन गरेपछि सर्वसाधारणहरु हर्षित भएका छन् । आफ्नै गाउँमा प्रसूति गृह र स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि महिलाको डिलेवरी तथा औषधि उपचारको लागि नागरिकहरु अन्य अस्पताल जानु पर्ने झन्झट हटेको छ ।

नगर प्रमुख यादवले स्वास्थ्य केन्द्र र प्रसूति गृह सञ्चालन गरी सराहनीय काम गरेको भन्दै नगरबासी उहाको गुनगान समेत गर्न थालेका छन । कार्यक्रममा उपप्रमुख रंगीलादेवि जयसवाल , वडा अध्यक्ष अशोक यादव लगायत सर्वसाधारण नागरिकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here