दसैंमा नियमित पूजाबाहेक शक्तिपिठहरुमा भिड नगरौं : गृह मन्त्रालय

0
72
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३० असोज : गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दसैंमा नित्य पूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले बताए ।

मन्त्रिपरिषदले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताएका थिए ।

मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले पनि दसैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताएका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here