नेकपाको छिपहरमाई र धोवनी गा.पाको शपथ ग्रहण कार्यक्रम सम्पन्न

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,कार्तिक १
नेपाल कम्युनिष्ट पार्टी छिपहरमाई र धोवनी गाँउपालिकाको शपथ ग्रहण कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । नेकपा केन्द्रिय सदस्य एवं पुर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । धोवनी गाँउपालिकाको जगरनाथपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी अर्यालले पदधिकारीहरुलाई शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, जुनैद अंसारी, नेकपाका नेता तेजप्रकाश निषाद, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पत्रकार केसी लामिछाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा छिपहरमाई र धोवनी गाँउपालिकाको हजारौ स्थानियहरुको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here