पर्सा प्रहरीद्वारा वीरगंजबाट २३ किलो सुन बरामद

0
116
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,कार्तिक १
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । प्रहरी टोलीले शनिबार बिहान १० बजे रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका बिस्कुट, ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए ।बरामद गरिएका सुन भारत बिहार पुर्वी चम्पारण हरैया निबासी अशोक सिन्हाको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी केही समय अघिदेखि सो अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका थिए । अशोक सिन्हा भारतको बिहारमा हुन लागेको बिद्यान सभाको चुनावमा भाजपाको तर्फबाट रक्सौल बिद्यान सभाको बिधायकका उम्मेदवार सुरेन्द्र सिन्हाका भाइ हुन । । सुन प्रकरणबारे थप अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here