देवताल गाउँपालिकामा अस्पताल निर्माणका लागि गायत्री देवी दाशले दिए चार कठा जग्गा दानमा

0
167
Ad_Article_Top
Share :
meropathsala.com

मोहन लाल पंण्डित
कार्तिक १ वीरगञ्ज

बाराको देवताल गाउँपालिका अध्यक्ष चन्दन सिहंको पहलमा केन्द्रबाट आएका ११ करोडको लागतमा १० बेडको अस्पताल निर्माण हुन लागेको छ ।

वडा नम्बर ५ पिप्राढीमा अस्पतालको लागि १४ कठा जग्गा अवश्यक भएकोले १० कठा एलानी र चार कठा जग्गा गायत्री देवी दाशले सो अस्पतालको लागि जग्गा दान गरकी छिन ।

आज गाउँपालिका अध्यक्ष सिहंको अध्यक्षतामा बसेको बैठकमा गाउँका भद्रभलादमी , समाजसेवी, शिक्षक, आम सर्वसाधारण जनता लगायत समाजका अगुवाहरूको बिचमा उनको छोरा अनिल दास र अजित लाल दासले समाजको खुसीमा आफु खुसी भएको भन्दै अस्पतालका लागि ४ कठा जग्गा दानमा दिने निर्णय गरेको थियो ।

उहाँको यो सराहनीय कर्यको प्रशन्सा गर्दै पुरै गाउँबासी तथा गाउँपालिका अध्यक्ष चंदन अबिर लागाई खुसी व्यक्त गरेका थिए । सो बैठकमा शिक्षक अवधकिशोर गिरी, रामचन्द्र चौधरी, शुरेस साह , गजेन्द्र गिरी, ओमप्रकाश साह लगायतका स्थानीय बासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here