किशोरी समुहका लागि स्यानीटरी प्याड तालिम सम्पन्न

0
47
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ कार्तिक : पटेर्वा सुगौली गाउँपालीका वडा नं। २ गादीको थरगट्टी टोलका दलित समुदायका किशोरी समुहका सदस्यहरुको लागि घरेलु स्यानीटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । दिव्य यूवा क्लव, पर्सा र एक्सनएड नेपालको साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तरगत किशोरी समुहमा आवद्ध किशोरीहरुलाई स्यानीटरी प्याड बनाउने तालिम दिईएको हो ।

कुनै पनि विपत्को समयमा महिला तथा किशोरीहरु नै बढी मारमा पर्ने गरेको र सो विपद्को समयमा खाद्यान्न समस्यामा नै जेलिरहँदा किशोरी तथा महिलाहरुके महिनावारी सम्बन्धी समस्यामा कसैको पनि ध्यान नजाने र उनीहरुले सो महिनावारीको समयमा स्वास्थ्यमा ध्यान नदिँदा पछि असर गर्ने हुनाले उनीहरुलाई सचेत गराई पसलमा किन्दा महंगो पर्ने स्यानीटरी प्याड भन्दा घरमा आफैले नै तयार गरेको र पटक पटक प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तालिम संचालन गरिएको हो ।


आर्थिक रुपमा निकै विपन्न समुदाय रहेको थ।गट्टीका किशोरीहरुलाई सो तालिम दिनुको उद्देश्य उनीहरुलाई आर्थिक रुपमा सशक्त पनि बनाउनु हो । संस्थाले १५ जना किशोरीहरुलाई तालिम दिएर ३ ओटा सिलाई मेसिन पनि सहयोग गरेको छ । सो मेसिनबाट उनीहरुले आफ्नो सीपलाई व्यवसायमा समेत परिणत गर्न सक्नेछन् । जसरी हामीलाई महिनै पिच्छे नुन चाहिन्छ त्यसै गरि हरेक महिना स्यानीटरी प्याड पनि चाहिन्छ ।

आर्थिक कारण नै अस्वास्थ्य कपडाको प्रयोग गरी आफ्नो स्वास्थ्यमा खेलबाड भएको पनि थाहा नभईरहेको अवस्थामा संस्थाले सो किशोरीहरुलाई महिनावारी तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धिका साथै प्याड बनाउने तालिम संचालन गरेको हो । खास गरी विद्यालय जान छोडेका किशोरीहरुको सीप विकास तथा उनीहरुलाई आर्थिक रुपमा पनि सबल बनाउनको लागि सो तालिम आयोजना गरिएको हो ।

उनीहरुले आफ्नो सीपलाई राम्रोसंग सदुपयोग गर्न सकेको खण्डमा उनीहरुले यसससलाई व्यवसायिक रुपमा अगाडी बढाउन सक्छन् भन्नु हुन्छ दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले । सो तालिममा सहजकिरण शोभा भुजेल ज्यूले गर्नभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here