मालपोत कार्यालय पर्सा बन्द गर्ने लेखनदासको प्रयास प्रहरीले विफल पार्‍यो

0
38
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ कार्तिक : भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा लेखनदासहरुले आइतवार कार्यालय बन्द गर्दा प्रहरीले हस्तक्षेप गरी खुलाएको छ । बिहीवार राति ८ बजेसम्म काम गरिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, पर्साले छापामारी गर्दा १३ जना कर्मचारी र ८ जना लेखनदासलाई पक्राउ गरेको थियो ।

उनीहरुबाट केही नगद पनि बरामद भएको थियो । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्साले कर्मचारीको हकमा विभागीय कारबाईको लागि सिफारिस गरेको छ भने आठजना लेखनदासविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको छ । यो घटनापछि मालपोत कार्यालय, पर्सा तोकिएको समयमा शुक्रवार सञ्चालन भयो ।

यसैगरी, आइतवार जिल्ला प्रशासन कार्यालयले तोके अनुसार २० जना सेवाग्राहीलाई एक दिनमा सेवा दिने गरी कारबाई अगाडि बढाउदा लेखनदासहरुले कार्यालय बन्द गर्ने प्रयास गरेका हुन । मालपोत कार्यालय, पर्साले आइतवारबाट चारवटा मोठ फा“टमा २०÷२० जना सेवाग्राहीको मात्र काम गर्ने सूचना जारी गरेपछि लेखनदासहरु सोको विरोधमा ओर्लिएका हुन् ।

यसअघि, सो कार्यालयबाट दैनिक अढाइसयसम्म रजिष्टे«शन पारित हुने गर्दथ्यो । बिहीवारको घटनापछि निमित्त कार्यालय प्रमुख सुमन झाले चारवटा मोठ फाटबाट दैनिक ८० वटा रजिष्टे«शन मात्र पारित हुने बताए । आइतवार दुईवटा फाटका कर्मचारी नआएको भन्दै लेखनदासहरुले विवाद गरी कार्यालय बन्द गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी सञ्चालनमा ल्याएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here