नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ४२ जनामा संक्रमण पुष्टि

0
30
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ कार्तिक : नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ । अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यता, नारायणी अस्पतालको प्रयोगशालामा गएराती परिक्षण गरिएकोमा पर्सा, बारा र सर्लाहीमा गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

पिसिआर परिक्षणबाट १३ जना र जिनएक्सपर्ट प्रविधिबाट २ जना गरी १५ जना संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भएको छ । पर्सामा एक महिला सहित ६ जना, बारामा ८ जना, र सर्लाहीमा एकजना संक्रमित पुष्टि भएका हुन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here