बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारी खुला

0
34
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ कार्तिक : बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लामो समयदेखि बन्द रहेको सफारी सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । गएको चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आजदेखि खुला गरिएको हो ।

पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ । निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र यात्रा गर्न पाउने निकुञ्जले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here