पूर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्न

0
27
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ कार्तिक : पूर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन् ।

अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न उनले आग्रह गरेका छन् ।

उता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ । आइतबार प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिनुभएको हो ।

साथै उहाँले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताउनुभएको छ ।

साथै उहाँले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताउनुभएको छ ।

कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै चर्काे जनदबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here