कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाइ नारायणी अस्पतालमा सम्मान

0
75
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ५ कार्तिक : कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाइ नारायणी अस्पतालमा सम्मान गरिएको छ । नारायणी अस्पताल बिकास समिति पर्साले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा कार्यरत २ सय ५० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । कोभिड नियन्त्रण तथा रोकथामसँगै संक्रमितहरुको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन हौसलास्वरुप सम्मान गरिएको छ ।

वीरगन्जको नारायणी अस्पताल, वीरगन्जका कोभिड अस्पताल एवम् विभिन्न आइसोलेशन सेन्टरहरुमा खटिएर संक्रमितको सेवा गरेका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, सामाजिक अभियानता प्रकाश थारु, अस्पताल बिकास बोर्डका सदस्यहरुकोे उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here