बिन्दवासनी झडप घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय यूवा संघ नेपाल पर्साको माँग

0
122
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ८ कार्तिक : पर्साको बिन्दवासनी गाँउपालिकामा भएको झडप घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय यूवा संघ नेपाल पर्साले माँग गरेको छ । आज शनिबार राष्ट्रिय यूवा संघ नेपाल पर्साले एक प्रेस बिज्ञप्ती जारी गदै बिन्दवासनी गाँउपालिका नेकपा गाँउपालिका कमिटी सचिव मुकेश चौरसियाको कार्तिक ६गते झडपको क्रममा घाईते भई वीरगंज स्थित न्युरो अस्पतालमा उपचारको क्रममा कार्तिक ७ गते असमायिक निधन भएकोमा संघ स्तब्ध भएको छ ।

मृतक आत्माको चिरशान्तिको कामना गर्दै झडपमा घाईते भएका सम्पुर्णको शिघ्र स्वास्थ्य लाभको कामना समेत संघले बिज्ञप्त मार्फत गरेको छ ।

राष्ट्रिय यूवा संघ नेपाल पर्साको प्रेस बिज्ञप्ती

राष्ट्रिय यूवा संघ नेपाल पर्साका संयोजकम.निजामुदिन ,सह संयोजक क.ओमप्रकाश गुप्त ,के.स÷ईन्र्चाज बिमल पौडेल र के.स÷सह संयोजक बिकाश रौनियारले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तमा झडपको क्रममा घाइते भई मृत्यु भएको चौरसिया र गम्भिर घाईते भएका घाईतेहरुको बारेमा उच्च स्तरीय कमिटी गठन गरी छानबिन र अनुसन्धान गर्न माँग समेत रहेको छ ।

साथै सो झडपमा उपस्थित पार्टीका नेता तथा सदस्यहरु माथि पनि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने र कसैमाथि राजनितिक प्रतिशोध नराखी छानविन गर्न र गराउन सम्बन्धित निकायसंग माँग बिज्ञप्ती मार्फत गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here