कलैया वडा न. १४ को वडा कार्यालयको शिलन्यास

0
43
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १० कार्तिक : कलैया वडा न. १४ को वडा कार्यालयको आफ्नै भवन आज शिलन्यास गरिएको छ । ६ महिना भित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी कलैया उपमहानगरपालिकाको १४ नं. वडा कार्यालय भवन शिलन्यास गरिएको हो । बघवनमा ४१ लाख ६६ हजारको लागतमा वडा कार्यालयको भवन निर्माण हुन लागेको हो ।वडा कार्यालय भवनको शिलन्यास गर्दै उपमहानगरका नगर प्रमुख राजेश राय यादवले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताएका छन ।

अन्य वडामा पनि वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य उपमहानगरपालिकाले लिएको जानकारी दिदै उनले क्रमिक रुपमा सबै वडा कार्यालयको भवन बनाउँदै जाने बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र जयसवाल ,वडा सचिव रामजी मण्डल लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here