पर्सा, बारा र मकवानपुरमा गरी थप ९ जना कोरोना संक्रमित

0
91
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १८ कार्तिक : पर्सा, बारा र मकवानपुरमा गरी ९ जना कोरोना संक्रमित थपिएका छन भने पर्साको एकजना पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले पिसिआरबाट सातजना र जिनएक्सपर्ट प्रविधीबाट दुईजना गरी नौजना संक्रमित पुष्टि भएको जिल्ला प्शासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तवले बताए ।

मकवानपुरका एकजना बाराको ४ र पर्साको ४ जना गरी ९ जना संक्रमित थपिएका हुन । संक्रमित मध्ये पर्सा जिल्ला धोबिनी गाउपालिका वडा नंं ४ निवासी एकजना ५० वर्षिय पुरुषको निधन भएको प्रशासकिय अधिकृत श्रीवास्तवले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here