चलचित्र छायांकनको अनुमति दिन निर्माता संघको आग्रह

0
85
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २७ कार्तिक : नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायाँकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायाँकन र हल खोल्ने अनुमति दिन माग गरेको हो ।

लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए । सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उनले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here