सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुँदै महँगो दाममा धान बिक्री गर्न पाउँदा किसान खुसी

0
147
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, २४ मंसिर : पर्सामा सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुने थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारी समर्थन मूल्यमा किसानको धान खरिद गर्न थालेको हो ।

कम्पनीले धान किन्न थालेपछि किसानले धमाधम बिक्रीका लागि धान ल्याउन थालेका छन् । व्यापारीले दिनेभन्दा महँगो दाममा कम्पनीलाई धान बिक्री गर्न पाउँदा किसान खुसी छन् ।

सरकारले तोकेका समर्थन मूल्यमा धान बिक्री गर्दा लगानी अनुसार उचित मूल्य पाएको किसानको प्रतिक्रिया छ । भिश्वाका किसान सलमान मियाँ व्यापार कम्पनीलाई धान बेच्न सहज भएको बताए ।

किसानले गाउँघरमा व्यापारीलाई बिक्री गर्दा सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ६÷७ सय रुपैयाँ कम पाउँने गरेका थिए । सरकारी समर्थन मूल्यमै व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि किसानले ट्याक्टर, अटो वा साना गाडीमा हालेर धान वीरगञ्ज ल्याइरहेका छन् ।

कम्पनीले सोना मन्सुली धान समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिरहेको छ । ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो चामल खरिद गर्ने लक्ष्य उसको छ ।

प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा जिरा मसिनो धान कम्पनीले खरिद गर्नेछ । तर यो जातको धान किसानले बिक्रीका लागि ल्याएका छैनन् ।

कम्पनीले एघारदिनदेखी धान खरिद गर्न थालेको यो अवघिमा ४ हजार ५ सय क्विन्टल सोना मन्सुली खरिद गरिसकेको छ । कम्पनीसँग ६० हजार क्विन्टल धान भण्डारण गर्न सक्ने क्षमताको गोदाम छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here